Date

बिहि, साउन २२, २०८२
Thu, August 7, 2025

नाइमा एक्सपाेमा म्याक्सस मिफा७ सार्वजनिक, १० लाखसम्म छुटको अफर

नाइमा एक्सपाेमा म्याक्सस मिफा७ सार्वजनिक, १० लाखसम्म छुटको अफर

काठमाडौं, २१ साउन । नेपालमा अब प्रिमियम विद्युतीय एमपिभी सवारी चढ्नेहरूका लागि नयाँ विकल्प उपलब्ध भएको छ ।

आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५’मा म्याक्सस ब्रान्डको मिफा७ विद्युतीय कार औपचारिक रूपमा सार्वजनिक गरिएको हो । चीनको प्रख्यात साईक मोटर ग्रुप अन्तर्गतको म्याक्सस ब्रान्डले निर्माण गरेको यो ७ सिटर लक्जरी एमपिभी लाई नेपालमा हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्सले भित्र्याएको हो ।

यसअघि यही ब्रान्डको ई टेरोन९ इलेक्ट्रिक डबल क्याब पिकअप गाडी पनि नेपालको मनाङमा सार्वजनिक गरिएको थियो। कम्पनीका अनुसार मिफा७ नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक सवारी खोज्ने उपभोक्ताहरूका लागि उपयुक्त विकल्प हुनेछ ।

मिफा७ को मूल्य १ करोड २५ लाख रुपैयाँ तोकिएको छ भने ई टेरोन९ पिकअपको मूल्य १ करोड ९ लाख ९९ हजार रहेको छ । गाडी बुक गर्ने ग्राहकलाई कम्पनीले विशेष अफरहरू पनि प्रदान गरेको छ ।

अटो शो अवधिभर मिफा७ बुक गर्नेहरूलाई १० लाख रुपैयाँसम्म र ईटेरोन९ बुक गर्नेहरूलाई ५ लाख रुपैयाँसम्मको नगद छुट उपलब्ध गराइने कम्पनीका प्रबन्ध निर्देशक सौरव थापाले जानकारी दिए ।

मिफा७ मा ९० किलोवाट आवर क्षमताको उच्चस्तरीय ब्याट्री प्रयोग गरिएको छ जसले डब्लुएलटिपी अनुसार ६३५ किमी सम्मको दूरी तय गर्न सक्छ । डिसी फास्ट चार्जर सपोर्ट हुने यो गाडी ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ ।

गाडीमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन – कीप असिस्ट, अड्जेस्टिभ क्रुज कन्ट्रोल र स्वचालित आपतकालीन ब्रेकिङ जस्ता सुरक्षा फिचर्स समावेश छन् । यसले युरो एनक्याप, सि–एनक्याप र ए–एनक्याप मा ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरिसकेको छ ।

१२.३ इञ्चको ड्युअल डिजिटल डिस्प्ले, एड्भान्स मल्टिमिडिया सिस्टम, विशाल प्यानोरामिक सनरूफ, हाई परफर्मेन्स १८० किलोवाट इलेक्ट्रिक मोटर (३५० एनएम टर्क) र मसाज सिट जस्ता विशेषताहरू यस गाडीमा उपलब्ध छन्।

कम्पनीले मिफा७ लाई केवल सवारी साधन नभई एउटा प्रिमियम जीवनशैलीको प्रतिनिधित्व गर्ने माध्यमको रूपमा प्रस्तुत गरेको छ। ८ वर्ष वा दुई लाख किमीको ब्याट्री वारेन्टी र ५ वर्ष वा एक लाख किमीको मोटर वारेन्टीसहित उपलब्ध यो विद्युतीय एमपीभीले नेपाली बजारमा लक्जरी, प्रविधि र दिगोपनको नयाँ मानक स्थापित गर्ने विश्वास गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *