बीवाईडीको नयाँ ईभी एटो १ नाइमा एक्सपोमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं, २१ साउन । बीवाईडीको नयाँ इलेक्ट्रिक गाडी (ईभी) एटो १ नेपाली बजारमा भित्रिएको छ ।
आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’मा बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी एटो १ सार्वजनिक गरेको हो । वरिष्ठ कलाकार हरिवंश आचार्यको उपस्थितीमा उक्त गाडी सार्वजनिक गरिएको हो ।
बीवाईडी एटो १मा ४५ किलोवाटको मोटर र डब्ल्यूएलटीपी मापदण्ड अनुसार २८० किलोमिटरको रेन्ज दिने ब्याट्री छ। यो गाडी ओसन एस्थेटिक्स डिजाइन दर्शनमा आधारित छ, जसले यसलाई आकर्षक र आधुनिक रूप दिन्छ। यसमा ६ वटा एयरब्यागसहित विभिन्न सुरक्षा विशेषताहरू छन्।
बीवाईडीको ई-प्लेटफर्म ३.० मा बनेको यो गाडीमा इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिट, १०.१ इन्चको रोटेटेबल इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, ओटीए अपडेट, भ्वाइस इन्टिग्रेशन, र इन-कार वाईफाई जस्ता आधुनिक विशेषताहरू पनि समावेश गरिएका छन्। यो गाडी २ वटा भेरियन्टमा उपलब्छ छ, जसमा डाइनामिकको मूल्य २८ लाख ९५ हजार रुपैयाँ रहेको छ भने प्रिमियमको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
यो नयाँ ईभीले नेपाली बजारमा उपलब्ध टाटा टियागो र वुलिङ बिंगो जस्ता ईभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।