Date

बिहि, साउन २२, २०८२
Thu, August 7, 2025

लक्जरी इलेक्ट्रिक ब्रान्ड ‘फोर्थिङ’ नाइमामा एक्सपाेमा सार्वजनिक, यस्ता छन् विशेषता

लक्जरी इलेक्ट्रिक ब्रान्ड ‘फोर्थिङ’ नाइमामा एक्सपाेमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं, २१ साउन । नेपालको बढ्दो इलेक्ट्रिक सवारीसाधन बजारमा एक नयाँ अध्याय थप्दै लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी-ई-मोबिलिटीले चीनको उत्कृष्ट इलेक्ट्रिक भेहिकल ब्रान्ड ‘फाेर्थिङ’ लाई नेपालमा भित्र्याएको छ।

‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५’ को उद्घाटनका अवसरमा यो प्रिमियम इलेक्ट्रिक एसयूभी सार्वजनिक गरिएको हो। भृकुटीमण्डपमा आयोजित एक्स्पोमा कम्पनीले फाेर्थिङका दुई मोडल, ‘फाेर्थिङ फ्राइडे ईभी’ र ‘फाेर्थिङ फ्राइडे ईभी४००’ प्रदर्शनमा राखेको छ।

फाेर्थिङ फ्राइडे ईभी, यसको शक्तिशाली ८५ किलोवाट आवरको ब्याट्री क्षमता र २७० हर्सपावरका कारण चर्चामा छ। कम्पनीका अनुसार, यो गाडीले एक पटकको चार्जमा ५४० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। साथै, यसमा अत्याधुनिक सुविधा र आकर्षक डिजाइन पनि समावेश गरिएको छ।

अर्को मोडल फाेर्थिङ फ्राइडे ईभी४००, ६० किलोवाट आवरको ब्याट्री र ४०० किलोमिटरको रेन्जका साथ उपलब्ध छ, जसले सहरी क्षेत्रका साथै लामो यात्राका लागि पनि उपयुक्त हुने कम्पनीले बताएको छ।

लक्ष्मी ग्रुपका प्रतिनिधिहरूका अनुसार, फाेर्थिङ ब्रान्डको प्रवेशले नेपालको विद्युतीय सवारीको क्रान्तिलाई थप गति दिनेछ। कम्पनीले यसअघि नै नेपालमा हुन्डाई, बीएमडब्ल्यू, काईयी, एसएमएल इसुजु जस्ता प्रतिष्ठित ब्रान्डहरू पनि सफलतापूर्वक सञ्चालन गर्दै आएको छ।

हाल, फाेर्थिङका गाडीहरूलाई एक्स्पोमा स्टल नम्बर ए४मा अवलोकन गर्न सकिन्छ, जहाँ ग्राहकहरूले यसको स्मार्ट डिजाइन र उत्कृष्ट प्रविधिको प्रत्यक्ष अनुभव लिन सक्नेछन्। यसको मूल्य र अन्य विस्तृत जानकारी भने एक्स्पोपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *