नाइमामा ‘जिकर एक्स’ बुक गर्नेलाई भारी छुट, ८४ लाखको गाडी ६९ लाखमै पाइने

काठमाडौं, २१ साउन । आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’मा चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकर एक्स बुक गर्नेले १५ लाख रुपैयाँसम्म छुट पाउने भएका छन् ।
कम्पनीका अनुसार ८४ लाख ९९ हजार रुपैयाँ पर्ने जिकर एक्स अब ६९ लाख ९९ हजार रुपैयाँमा मात्र किन्न पाइने भएको छ । अघिल्लो वर्षको नाडा अटो शोमा १० लाख छुट रहेको जिकर एक्समा यस वर्षको नाईमा मोबिलिटी अटो एक्स्पो १५ लाख रुपैयाँको छुट दिइएको छ ।
सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा जिकर एक्स विक्री गरिरहेको छ । जिकर एक्स शक्तिशाली २०० किलोवाटको मोटरद्वारा सञ्चालित छ । जसले उत्कृष्ट पर्फमेन्स र सहज ड्राइभिङ अनुभव प्रदान गर्छ। यसको डब्लुएलटिपी प्रमाणित रेन्ज ४४० किलोमिटर रहेको छ ।
यसको संरचना ७३ प्रतिशत हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरेर निर्माण गरिएको छ, जसले मजबुती र सुरक्षाबीच उत्कृष्ट सन्तुलन प्रदान गर्दछ। जिकर नेपालले ब्याट्री र मोटरमा ८ वर्ष वा १६ लाख किलोमिटरको वारेन्टी प्रदान गर्दछ । जबकी गाडीमा मात्रै ४ वर्षको वारेन्टी उपलब्ध छ ।
२०० किलोवाट परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको यसले २७२ पावरको अधिकतम पावर र ३४३ एनएमको अधिकतम टर्क उत्पादन गर्छ । यो ५.६ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको गतिमा पुग्न सक्छ।
अगाडि ११५ किलोवाट र पछाडि २०० किलोवाटको दुईवटा परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर, जसले कुल ४२८ पावरको अधिकतम पावर र ५४३एनएमको अधिकतम टर्क उत्पादन गर्छ। यसले मात्र ३.८ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घण्टाको गतिमा पुग्ने क्षमता राख्छ ।