एनबिआइ र जनता बैंक बीच तालिम संचालन गर्ने सम्झौता
काठमाडौं, १५ भद्रौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबिआई) र जनता बैंक नेपाल लिमिटेड बीच तालिम कार्यक्रम संचालन गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार एनबीआईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।