मुक्तिनाथ विकास बैंकको बरदान मुद्दति योजना
काठमाडौं, १५ भद्रौ । ग्राहकहरुलाई विभिन्न किसिमका वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ अर्को सेवाको रुपमा “मुक्तिनाथ बरदान मुद्दति” योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले १ वर्ष अवधिमा न्युनतम ५ लाख रुपैयाँ देखि निक्षेप राख्न सक्नेछन् । बैंकले यस योजना अन्तर्गत राख्ने निक्षेपमा बार्षिक ११.५० प्रतिशत व्याजदर प्रदान गर्ने जानकारी दिएको छ ।
यस योजना बैंकको देशैभरी फैलिएका आफ्ना ९५ वटै शाखावाट उपलब्ध हुने छ ।