Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा संचालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा संचालनमा

काठमाडौं, १६ भद्रौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजेदेखि नै खुला गरेको छ । सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयमा २ घण्टा ३० मिनेट थप्दै २१ घण्टा पुर्‍याएको थियो । योसँगै आजबाट बिमानस्थल २२ घण्टा सञ्चालनमा रहनेछ ।

चाडपर्व र पर्यटकीय सिजन सुरु भएपछि बढ्ने यात्रुको चापलाई व्यवस्थापन गर्न विमानस्थलले ६७ वर्षको इतिहासमा पहिलोपटक आन्तरिक सेवालाई ५ बजेदेखि सुरु गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

सुरक्षा जाँच, टिकट, यात्रु बोर्डिङ, पाइलटहरूले वायुयान चेकजाँच गर्दागर्दै आन्तरिक उडान भने साढे ५ बजेदेखि सुरु हुनेछन् । यसअघि बिहान ६ बजे विमानस्थल खुला हुने भएपनि उडान भने साढे ६ बजेबाट मात्रै सुरु हुने गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x