नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धिदर

काठमाडाैं, ५ भदाै । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। हिजो तौलामा १६०० रूपैयाँले घटेको सुन आज प्रतितोला १३०० रूपैयाँले बढेर कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यो मूल्य १ लाख ९३ हजार ५०० रुपैयाँमा रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला ३५ रुपैयाँले वृद्धि भई २ हजार २ सय ९० रुपैयाँमा पुगेको छ। बुधबार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेर २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो।