Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

नेको इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन

नेको इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन

काठमाडाैं, ९ भदाै । नेको इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले भदौ २२ गतेदेखि २४ गतेसम्म सो तालिम आयोजना गर्ने सार्वजनिक सूचना जारी गरेको छ।

तालिम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ। कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंबाट भर्चुअल माध्यममार्फत तालिम दिइनेछ।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिले कम्तीमा प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ। यो तालिमले अभिकर्ताहरूलाई बीमा व्यवसायमा आवश्यक दक्षता र जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

 

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *