Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

सेयर बजारमा सामान्य सुधार, ४ अर्ब १८ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, ४ अर्ब १८ करोडको कारोबार

काठमाडौँ, १० भदौ । सेयर बजार परिसूचक (नेप्से) मा मंगलबार सामान्य वृद्धि देखिएको छ । नेप्सेका अनुसार आज बजार ४.८३ अङ्कले बढेर २७६६.०९ विन्दुमा पुगेर बन्द भएको छ ।

आज दिनभरको कारोबारमा बजारमा ४ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरमा कुल ३२२ स्क्रिपका ९२ लाख ४३ हजार कित्ता सेयर किनबेच भएका छन् ।

परिसूचक सकारात्मक रहे पनि आज बजारमा गिरावट आउने कम्पनीको सङ्ख्या बढी रह्यो । कुल कारोबारमा आएका कम्पनीहरूमध्ये १०१ कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने १४९ कम्पनीको मूल्यमा गिरावट आएको छ । एउटा कम्पनीको मूल्य भने स्थिर रहेको रह्यो ।

आज बजारमा इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा गिरावट आयो । अन्य समूहमा वृद्धि भए पनि सबै समूहको उतारचढाव १ प्रतिशत भन्दा कम नै रहेका छन् ।

आज बजारमा विकास हाइड्रोपावरको सेयर मूल्यमा सबैभन्दा धेरै ९.९९ प्रतिशतको वृद्धि देखियो । त्यसैगरी, नेपाल रिपब्लिक मिडियाको मूल्यमा ८.६१ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको शेयर ७.२८ प्रतिशतले बढेर धेरै कमाउनेको सूचीमा अगाडि रहे।

आज कुनै पनि कम्पनीको सेयर मूल्यमा उल्लेख्य गिरावट छैन । कुमारी सबल योजना नामक म्युचुअल फण्डको गिरावट सबैभन्दा धेरै ३.६६ प्रतिशत रह्यो ।

कारोबार रकमको आधारमा आज नेपाल पुनर्बीमा कम्पनी अगाडि रह्यो । उक्त कम्पनीको ४८ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । त्यसपछि क्रमशः हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फास्ट्रक्चरको उच्च कारोबार भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *