Date

बिहि, भदौ १२, २०८२
Thu, August 28, 2025

सुन प्रतितोला १ लाख ९९ हजारमा, चाँदी सस्तो हुँदै २,३४५ मा झर्यो

सुन प्रतितोला १ लाख ९९ हजारमा, चाँदी सस्तो हुँदै २,३४५ मा झर्यो

काठमाडाैं, ११ भदाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ९९ हजार रुपैयाँ पुगेको हो।

मंगलबार सुन प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। लगातार बढिरहेको सुनको मूल्य यसअघि कहिल्यै नपुग्ने गरी उच्च दरमा पुगेको व्यवसायीहरूले बताएका छन्।

यता, चाँदीको मूल्य भने घटेको छ। आज प्रतितोला १५ रुपैयाँले घटेर २ हजार ३४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *