Date

बुध, भदौ ११, २०८२
Wed, August 27, 2025

झापा इनर्जीको आईपीओ भदौ २० गतेदेखि, सर्वसाधारणका लागि ४.७३ लाख कित्ता शेयर

झापा इनर्जीको आईपीओ भदौ २० गतेदेखि, सर्वसाधारणका लागि ४.७३ लाख कित्ता शेयर

काठमाडौं, ११ भदौ । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि भदौ २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर वितरण सम्पन्न भएपछि अब सर्वसाधारणले पनि आवेदन दिन सक्ने भएका हुन्।

कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई र ५७ हजार २९ कित्ता विदेशमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा भने सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता र बाँकी सर्वसाधारणका लागि ४ लाख ७३ हजार ३३६ कित्ता साधारण शेयर खुला गर्ने निर्णय भएको छ। यस आईपीओको कुल मूल्य ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ रहेको छ।

प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा जारी हुने शेयरमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीका अनुसार आईपीओ निष्काशन छिटोमा भदौ २४ गते बन्द हुनेछ भने ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सकिनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *