नेपाल राष्ट्र बैंकले ४५ अर्ब तान्दै तरलता व्यवस्थापन गर्ने

काठमाडौं, ११ भदौ । बैंकिङ प्रणालीमा तरलताको चाप कायमै रहँदा नेपाल राष्ट्र बैंकले आज बुधबार (भदौ ११ गते) पुनः पैसा तानेर व्यवस्थापनमा कदम चाल्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बैंकिङ प्रणालीबाट २५ दिनको लागि ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ।
यो निक्षेप संकलन बोलकबोल उपकरण मार्फत गरिनेछ र यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन्। बोलकबोल ब्याजदरमा आधारित हुनेछ र मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत मात्र सञ्चालन हुनेछ।
राष्ट्र बैंकले निक्षेप संकलनको लागि आव्हान गरेको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिई क्रमशः बाँडफाँड गरिने जनाएको छ। बोलकबोलमा भाग लिनु पर्ने न्यूनतम रकम १० करोड रुपैयाँ र अधिकतममा ५ करोड रुपैयाँ रहने छ।
यस निक्षेप संकलनको सावा तथा ब्याज असोज ५ गते भुक्तानी गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। यस कदमबाट बैंकिङ प्रणालीमा तरलता सहज राख्न र वित्तीय स्थिरता कायम राख्न राष्ट्र बैंकले प्रयास गरिरहेको छ।