प्रभु बैंक र मार्फा प्यालेस होटलबीच ग्राहक र कर्मचारी छुटको सम्झौता

काठमाडौं, ११ भदौ । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.–२ स्थित मार्फा प्यालेस होटलबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ। यस सम्झौताले बैंकका कर्मचारी र ग्राहकहरुलाई होटलका सेवामा विशेष छुट प्राप्त हुने व्यवस्था गरेको छ।
सम्झौता समारोहमा मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फ जोमसोम क्लस्टर प्रमुख तथा शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यममार्फत बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन सेवामा १५ प्रतिशत छुट पाउनेछन्।
स्याउको राजधानीको रूपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र उत्कृष्ट सेवासहितको नयाँ पर्यटन गन्तव्यको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
प्रभु बैंक र मार्फा प्यालेस होटलबीच भएको यो साझेदारीले मुस्ताङको पर्यटन प्रवद्र्धन गर्नुका साथै बैंकका ग्राहक तथा कर्मचारीलाई प्रत्यक्ष लाभ पुर्याउने अनुमान गरिएको छ।