Date

बिहि, भदौ १२, २०८२
Thu, August 28, 2025

नेपाल–बंगलादेश यू–१७ महिला च्याम्पियनसिप आज भेला

नेपाल–बंगलादेश यू–१७ महिला च्याम्पियनसिप आज भेला

काठमाडौं, ११ भदौ । यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्ने भएको छ। खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

नेपालको टोलीमाथि जितको दबाव छ, किनभने तीन खेलमध्ये दुई खेलमा हार भोगेको छ। नेपालले भुटानलाई हराएको थियो तर भारत र बंगलादेशसँग पराजित भएको थियो।

यो डबल राउन्ड–रबिन प्रतियोगितामा भुटान, नेपाल, भारत र बंगलादेश सहभागी छन्। नेपालले आगामी खेलमा २९ भदौमा भारतसँग र ३१ भदौमा भुटानसँग खेल्ने तालिका रहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *