Date

बिहि, भदौ १२, २०८२
Thu, August 28, 2025

४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँका नयाँ नोट छाप्दै राष्ट्र बैंक, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँका नयाँ नोट छाप्दै राष्ट्र बैंक, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं, ११ भदौ । नेपाल राष्ट्र बैंकले १००० दरका नयाँ नोट छाप्ने भएको छ। केन्द्रीय बैंकले १ हजार दरका नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको हो । राष्ट्र बैंकले १ हजार दरका ४३ करोड नयाँ नोट छाप्न लागेको हो।

नुसार राष्ट्र बैंकले एकैपटक यति धेरै संख्यामा १ हजार दरका नयाँ नोट छाप्न लागेको भएपनि बजारमा भने आवश्यकताका आधारमा मात्रै पठाउनेछ ।

राष्ट्र बैंकले नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाउँदै डिजाइन, छपाई र आपूर्ति तथा वितरणको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो । एक हजार दरका नयाँ नोट छाप्न प्रस्ताव पेस गर्न इच्छुक कम्पनीहरुलाई राष्ट्र बैंकले आग्राह गरेको हो ।

इच्छुक कम्पनीले सन् २०२५ अक्टोबर ९ तारिखसम्म राष्ट्र बैंकको थापाथली स्थित बैंकिङ विभागमा बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ । बोलपत्रको शुल्क २० हजार रुपैयाँ वा १४४ अमेरिकी डलर वा १२३ युरो वा १०७ पाउन्ड तोकिएको छ । बोलपत्र पेस गर्दा ६ करोड ४० लाख रुपैयाँ धरौटी राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

‘बोलपत्र कागजातहरूको पूर्ण सेट नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, थापाथली, काठमाडौँ, मुद्रा व्यवस्थापन विभाग, मीन भवन, बालुवाटर, काठमाडौँ, नेपालमा बोलपत्रकर्ता वा उनीहरूका अधिकृत एजेन्टहरूले लिखित निवेदन पेश गरेर र कम्पनी दर्ता प्रमाणपत्र, आधिकारिकताको पत्र र कागजात शुल्क बुझाएको पत्र सहित, ९ अक्टोबर २०२५ सम्ममा कार्यालय समयमा भुक्तानयोग्य शुल्क नभएको कागजात प्राप्त गर्न सक्छन्’ बोलपत्रमा भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *