Date

मङ्ल, भदौ १७, २०८२
Tue, September 2, 2025

न्यूयोर्कमा प्रवासी नेपाली टेके पेशेवरसँग नेपाल डिजिटल छलफल

न्यूयोर्कमा प्रवासी नेपाली टेके पेशेवरसँग नेपाल डिजिटल छलफल

काठमाडाैं, १७ भदाै । न्यूयोर्कस्थित नेपाल कन्सुलेटले प्रवासी नेपाली र अमेरिकी मूलका नेपाली टेके पेशेवर तथा नवप्रवर्तनकर्तासँग ‘नेपाललाई उदीयमान टेक हबको रूपमा प्रवर्द्धन’ गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

‘Tech Forward: Uniting Diaspora Talent to Power Nepal’s Digital Leap’ शीर्षकको कार्यक्रममा ब्रिटेनस्थित आइटी तथा साइबरसुरक्षा कम्पनी जेनेसे सोलुसनसँग सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य नयाँ कन्सुल जनरललाई नेपाली पेशागत डायस्पोरासँग परिचित गराउँदै खुला संवाद, सहकार्य र भविष्यमा प्रविधि–र असरमुखी पहलको मार्गचित्र तय गर्नु रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै कन्सुल जनरल दधिराम भण्डारीले भने, “आइटी सेवा निर्यातले श्रम निर्यातको ठाउँमा ऐतिहासिक अवसर ल्याएको छ। नवप्रवर्तन र प्रविधिको अपनत्व नेपालमा बढ्दै गएको छ। सरकारले ठूलो सुधार गर्दै आइरहेको छ, एआई नीति ल्याएको छ र डिजिटल नेपाल फ्रेमवर्क २.० अपडेट गर्दैछ।” उनले थपे, “आइटी क्षेत्रमा विदेशी लगानीमा कुनै सीमा छैन र सरकारले व्यवसाय तथा पेशेवरहरूलाई अनेक अवसर र प्रोत्साहन दिँदैछ।”

जेनेसे सोलुसनका संस्थापक तथा सीईओले ‘Diaspora Lens: Driving Nepal’s Digital Future’ विषयमा प्रस्तुति दिंदै प्रवासी नेपाली पेशेवरहरूलाई ग्लोबल विशेषज्ञता र स्थानीय आवश्यकताबीचको पुल बन्न प्रेरित गरे। उनले विशेष आर्थिक क्षेत्रभित्र ठूलो आइटी पार्क स्थापना हुँदैछ र यसले नेपाल तथा प्रवासी पेशेवरका लागि अवसर खोल्ने बताए।

GrowbyData का प्रबन्धक साझेदार प्रसन्न ढुङ्गेलले अमेरिकामा कम्पनी सञ्चालन र बजार अन्वेषण अनुभव बाँडे। Fusemachines Inc का टेक हेड अनिश जोशीले नेपालमा विशाल प्रतिभा भए पनि अवसर पर्याप्त नभएको उल्लेख गर्दै उचित प्रशिक्षण र ग्लोबल एक्सपोजरको आवश्यकता औँल्याए।

प्यानलका सहभागीहरूले नेपालले आफ्नो सॉफ्ट पावर र कौशल, संस्कृति, प्रविधि र पूर्वाधार विकासमा केन्द्रित भएर प्रवासी प्रतिभासँग सहकार्य गर्नुपर्ने सुझाए।

अन्ततः प्रश्न–उत्तर सत्रसहित कार्यक्रम सम्पन्न भयो। आयोजक सुजिता बस्नेतले हाइब्रिड कार्यक्रम सञ्चालन गरी प्यानल छलफलको व्यवस्थापन गरे। कन्सुल जनरल भण्डारीले भविष्यमा पनि यस्ता अन्तरक्रियाहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *