Date

मङ्ल, भदौ १७, २०८२
Tue, September 2, 2025

नेपाल एसबिआई बैंकलाई इन्डियन च्याम्बरबाट तीन बैंकिङ पुरस्कार

नेपाल एसबिआई बैंकलाई इन्डियन च्याम्बरबाट तीन बैंकिङ पुरस्कार

काठमाडाैं, १७ भदाै । नेपाल एसबिआई बैंक लिमिटेडले इन्डियन च्याम्बर अफ कमर्शद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गरिने तीन प्रतिष्ठित बैंकिङ पुरस्कारबाट सम्मानित भएको छ।

बैंकले “बेस्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट”, “बेस्ट बैंक” र “बेस्ट पर्फमेन्स अन एसेट क्वालिटी” विधामा पुरस्कार प्राप्त गरेको हो।

भारतको नयाँ दिल्लीमा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले पुरस्कार ग्रहण गरेका थिए।

उक्त पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापन अभ्यास, सञ्चालन उत्कृष्टता र सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई मान्यता दिएको आयोजकले जनाएको छ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *