Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

एनआईसी एशिया इक्वीटी स्किमको पहिलो चरणको इकाई बाँडफाँड सम्पन्न

एनआईसी एशिया इक्वीटी स्किमको पहिलो चरणको इकाई बाँडफाँड सम्पन्न

काठमाडाैं, १७ भदाै । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम’ अन्तर्गत पहिलो चरणको इकाई बाँडफाँड सोमबार सम्पन्न भएको छ।

यस स्किम अन्तर्गत साउन २९ देखि भदौ १२ गतेसम्म ५ करोड इकाई, अंकित दर रु १०, बीज पूँजीसहित बिक्री खुला गरिएको थियो। बिक्री अवधिमा ८२,८२८ जना आवेदकबाट करिब रु ७४,०३,१६,००० बराबर आवेदन प्राप्त भएको थियो। माग प्रारम्भिक ५ करोड इकाईभन्दा १.४८ गुणा बढी देखिएको छ।

९१ जना आवेदकका १४,६०० इकाई रितपूर्वक नदेखिएकाले बाँडफाँडमा समावेश गरिएको छैन। बाँकी ८२,७३७ आवेदकबाट प्राप्त रु ७४,०१,७०,००० बराबरको इकाई माग अनुसार बाँडफाँड गरिएको हो। बाँडफाँड २०८२/०५/१६ गते सोमबार दिउँसो ४:३० बजे थापाथलीस्थित क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ।

हाल सार्वजनिक भएको ५ करोड इकाई पहिलो चरण मात्र हो। नेपाल धितोपत्र बोर्डले कुल रु १ अर्ब बराबरका १० करोड इकाई बिक्री गर्न स्वीकृति दिएको छ। बोर्डबाट स्वीकृत विवरणपत्रमा अधिकतम १० करोड इकाईसम्म बिक्री गर्न सकिने उल्लेख गरिएको छ।

धितोपत्र बाँडफाँड निर्देशिका, २०७४ अनुसार रितपूर्वक आवेदन दिने सबै लगानीकर्तालाई माग अनुसार इकाई बाँडफाँड गरिएको हो। यो स्किम खुलामुखी भएकाले बाँडफाँड मितिले तीन महिनाभित्र इकाईको खरिद-बिक्री, एसआईपी तथा मिनी एसआईपीको व्यवस्था सहित नियमित कारोबार सुरु हुने छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *