सीजीनेटको दशैं अफर : इन्टरनेटसँगै घरेलु उपकरण र बोनस

काठमाडाैं, १७ भदाै । इन्टरनेट सेवा प्रदायक सीजीनेटले यस वर्षको चाडपर्वलाई विशेष बनाउन ग्राहकहरूका लागि नयाँ आकर्षक दशैं अफर ल्याएको छ।
कम्पनीका अनुसार, नयाँ प्याकेज खरिद गर्ने वा हालको प्याकेज नवीकरण गर्ने हरेक ग्राहकले यस योजनाअन्तर्गत उपहार पाउनेछन्। ग्राहकहरूले आफ्नो रोजाइअनुसार घरेलु उपकरण वा इन्टरनेट बोनस लिन सक्ने व्यवस्था गरिएको छ।
अफरअन्तर्गत,
- २५० Mbps र ३५० Mbps प्याकेजमा मिक्सर ग्राइन्डर र १ महिना निःशुल्क इन्टरनेट,
- १५० Mbps प्याकेजमा टोस्टर र १ महिना निःशुल्क इन्टरनेट,
- साथै १५०/२५०/३५० Mbps प्याकेजमा अधिकतम ३ महिनासम्म अतिरिक्त इन्टरनेट बोनस प्रदान गरिनेछ।
यो अफर भदौ १५ गतेदेखि कार्तिक ३० गतेसम्म मात्र लागू हुनेछ।
सीजीनेटले सधैं ग्राहकलाई किफायती मूल्यमा उच्चगति इन्टरनेटसहित मूल्यवर्धन गर्ने प्रयास गर्दै आएको छ। दशैं अफरसँगै उपहार र बोनस इन्टरनेटको सुविधा प्राप्त भएपछि ग्राहकहरू थप लाभान्वित हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।