सेञ्चुरी कमर्सियल बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता
काठमाडौं, १९ भदौ ।
सेञ्चुरी कमर्सियल बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्राइभेट लिमिटेडबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड प्रयोगकर्ताहरु तथा बैंकका शयेरधनिहरुले अस्पतालका विभिन्न सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।