Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

काठमाण्डौंको जोरपाटीमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा

काठमाण्डौंको जोरपाटीमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा

काठमाण्डौ १९ भदौ । मुक्तिनाथ विकास बैंकले काठमाण्डौको जोरपाटीमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । आधुनिक बैंकिङ्ग, ग्रामिण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको बैंकले देशैभरि आफ्नो बैंकको शाखा संजाल विस्तार गर्ने क्रममा जोरपाटीमा शाखा संचालन गरेको हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले अहिलेको अवस्थामा बैकिङ्ग क्षेत्र प्रविधिमय बन्न आवश्यक रहेको बताउँदै विकास बैंकहरुले वित्तिय साक्षरता विकास, कृषि र बिपन्न वर्गमा गरेको लगानी बाणिज्य बैंकहरुको भन्दा राम्रो रहेको बताउनु भएको थियो ।

मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाण्डौ उपत्यकाभित्र जोरपाटी लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर र भक्तपुरको कमलविनायक गरी १२ शाखाहरु संचालनमा आईसकेका छन् । यसका साथै ठमेल, कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा बैंक रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x