Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बालाजु क्षेत्रमा विद्युत आपूर्ति नियमित गर्ने प्रयास जारी

बालाजु क्षेत्रमा विद्युत आपूर्ति नियमित गर्ने प्रयास जारी

काठमाडौं, १९ भदौ ।
नेपाल विद्युत प्राधिकरणले आगलागीका कारण क्षति पुगेको बालाजु सबस्टेसनको ट्रान्सफर्मको मर्मत गरिरहेको छ । सबस्टेसनमा रहेका २ वटा २२.५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटाको उच्च भोल्टेज बुसिङमा शनिबार राति करिब ७ बजे आगलानी भएको थियो ।

आगलागीपछि धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज(१, महाराजगञ्ज(२, टेकु(१, बिआई डि(१, बिआई डि(२, नयाँ बजार फिडरहरुबाट विद्युत आपूर्ति भएका क्षेत्र प्रभावित भएका छन् ।

यसबाट बालाजु र महाराजगंजको बीचमा विद्युत आपूर्तिमा गडबढी भइरहेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले ट्रान्सफर्मरमा समस्या आउनसाथ प्राविधिक टोली खटिई मर्मत गरिरहेको जानकारी दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार सबस्टेसनको स्थलगत निरीक्षण गरी मर्मतसम्भारको काम छिट्टो सक्न निर्देशन दिएका थिए ।

‘आगलागी भएको बुसिङमा फेरी तेल हालिएको छ, लो भोल्टेज बुसिङमा पनि समस्या देखिएकाले त्यसलाई फेर्ने काम भइरहेको छ’,प्रवक्ता अधिकारीले भने,‘मर्मत सम्भारको काम चाँडोभन्दा चाँडो सकेर विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण लागिरहेको छ ।’

बालाजु सबस्टेसनमा पिक समयमा करिव ३१ मेगावाट विद्युत माग छ । साधारण समयमा सबस्टेसनमा चालू रहेको एउटा ट्रान्सफर्मरले लोड धाने पनि पिक समयमा नधान्ने हुँदा आलोपालो गर्दे त्यस क्षेत्रमा विद्युत आपूर्ति कटौती गरिएको अधिकारीले जानकारी दिए । ‘

एउटा ट्रान्सफर्मरमा आगलागी भएपछि त्यस क्षेत्रमा करिव १५ मेगावाट विद्युत आपूर्ति गर्न सकिंदैन’,उनले भने,‘यसले गर्दा त्यस क्षेत्रमा विद्युत आपूर्तिमा केही गडबढी भएको छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x