Date

शनि, मंसिर १३, २०८२
Sat, November 29, 2025

जलेका चौकीमै प्रहरीको सेवा निरन्तर

जलेका चौकीमै प्रहरीको सेवा निरन्तर

काठमाडाैं, २९ भदाै । देशव्यापी जेन जी आन्दोलनका कारण भदौ २३ र २४ गते देशभरका अधिकांश प्रहरी चौकीमा ठूलो क्षति पुगेको छ । आन्दोलनकारीको निशानामा परेका चौकीहरू जलेर खरानी बने पनि सुरक्षाकर्मीहरूले नागरिकलाई सेवा दिन रोक्का गरेका छैनन् ।

शनिबार दरबारमार्ग प्रहरी चौकीमा प्रहरी जवानहरू आफैंले जलेका गाडी र अन्य सामान हटाउँदै सेवा सञ्चालन गरिरहेका देखिए । उनीहरूले खरानी पन्छाएर तत्काल सेवा प्रवाह गर्नुलाई आफ्नो कर्तव्य मानेका छन् ।

जेन जी आन्दोलनका क्रममा हिंसक समूहले प्रहरी चौकीमा लुटपाटसहित आगजनी गरेर करोडौँको क्षति पुर्‍याएको थियो । ड्रेस, मोटरसाइकल, गाडी जस्ता अत्यावश्यक सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन् । एक प्रहरी अधिकारीका अनुसार, “कार्यालय सञ्चालन सुरु गरेका छौँ, तर पूर्ण रूपमा व्यवस्थित गर्न अझै समय लाग्छ । ड्रेस तत्काल आवश्यक छ,” भन्ने अवस्था छ ।

ट्राफिक प्रहरी कार्यालय दरबारमार्गमा पनि पुनः सञ्चालनको तयारी भइरहेको छ । बिहानैदेखि प्रहरीहरू आफैं सरसफाइमा खटिएका छन् । जलेका भवनहरू अहिले पनि जोखिमयुक्त भए पनि जनताको हितमा सेवा निरन्तर राखिएको प्रहरीको भनाइ छ ।

अब पुनर्निर्माणका लागि सरकारी निकाय र स्थानीयवासी दुवैको सक्रिय सहयोग अपरिहार्य हुने देखिन्छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *