Date

बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

देशव्यापी शोक दिवसमा शहीदहरूलाई राष्ट्रिय सम्मान

देशव्यापी शोक दिवसमा शहीदहरूलाई राष्ट्रिय सम्मान

काठमाडाैं, १ असाेज । हालैको आन्दोलनमा ज्यान गुमाएका युवाको स्मृतिमा सरकारले आज देशभर सार्वजनिक शोक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ७२ जना दिवंगतलाई शहीद घोषणा गर्दै उनीहरूको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा दिइएको छ। मंगलबार राजधानीको पशुपति आर्यघाटमा राज्य सम्मानका साथ सामूहिक अन्त्येष्टि सम्पन्न गरिएको थियो। केही शहीदको पार्थिव शरीर उनीहरूको जन्मथलोमा पु¥याई सम्मानपूर्वक अन्तिम संस्कार गरिएको छ।

शहीदको बलिदानको प्रतीकस्वरूप आज देशभरका सरकारी कार्यालय र सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। सरकारले शहीदहरूको योगदान लोकतान्त्रिक मूल्य र अधिकारको संरक्षणमा ऐतिहासिक मार्गदर्शन बन्ने विश्वास व्यक्त गरेको छ। नागरिक समाजले पनि देशको लोकतान्त्रिक भविष्यको लागि उनीहरूको संघर्ष सधैं सम्झनुपर्ने बताएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *