Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

असोज २ देखि सेयर बजार पुनः सञ्चालन

असोज २ देखि सेयर बजार पुनः सञ्चालन

काठमाडाैं, १ असाेज । जेनजी आन्दोलनका कारण स्थगित भएको धितोपत्र बजार आगामी असोज २ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। आन्दोलनपश्चात् जनजीवन सामान्य अवस्थामा फर्किएसँगै नेप्से खोलिने कि नखुल्ने भन्ने अन्यौल अन्त्य भएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार असोज २ गते बिहीबारदेखि दोस्रो बजारको कारोबार सुचारु गर्न निर्णय गरिएको हो।

जेनजी आन्दोलनका कारण लगानीकर्ताको सुरक्षाका दृष्टिले नेप्सेले गत भदौ २९ गतेदेखि बजार बन्द गरेको थियो। अब परिस्थिती सामान्य भएपछि लगानीकर्ता र कारोबारीहरूलाई तयारीसहित कारोबारमा सहभागी हुन नेप्सेले आग्रह गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *