साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ३८ करोड
काठमाडाैं, १ असाेज । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा वाणिज्य बैंकहरूले साउनमा करिब ८ अर्ब ३८ करोड २९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार यो नाफा अघिल्लो वर्षको साउनको तुलनामा ०.०८ प्रतिशत कम हो। अघिल्लो साउनमा बैंकहरूले ९ अर्ब १७ करोड ६१ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका थिए।
साउनमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ, जसको खुद नाफा ७८ करोड ४५ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा नबिल बैंकको ७१ करोड ६४ लाख र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६३ करोड ४२ लाख ३० हजार रुपैयाँ नाफा रहेको छ। गत वर्षको साउनमा यी बैंकहरूले क्रमशः ८९ करोड २४ लाख, ८० करोड ३३ लाख र ५७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका थिए।
अन्य बैंकको नाफा यस प्रकार रहेको छ: राष्ट्रिय वाणिज्य बैंक ५५ करोड ८३ लाख, नेपाल बैंक ५५ करोड २७ लाख, प्राइम ५० करोड ४९ लाख, कुमारी ४९ करोड २४ लाख, एभरेष्ट ४८ करोड ३९ लाख, एनएमबि ४६ करोड ६७ लाख, हिमालयन ४० करोड ८९ लाख र सिद्धार्थ बैंक ४० करोड १३ लाख रुपैयाँ। अघिल्लो साउनमा यी बैंकहरूको नाफा क्रमशः ३६ करोड ६ लाख, २२ करोड ३९ लाख, ५० करोड ५५ लाख, ४० करोड ३५ लाख, ४२ करोड २९ लाख, ४२ करोड ७२ लाख, ५८ करोड ८० लाख र ३४ करोड ८८ लाख रुपैयाँ थियो।
साना तथा मध्यम बैंकहरूले पनि राम्रो प्रदर्शन देखाएका छन्। लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख, सानिमा ३९ करोड २ लाख, एनआइसी एशिया ३१ करोड ९३ लाख, प्रभू ३० करोड २३ लाख, सिटिजन २७ करोड २४ लाख, स्ट्याण्डर्ड चार्टर्ड २७ करोड १६ लाख, माछापुच्छ्रे २६ करोड ५२ लाख, नेपाल एसबिआई १५ करोड ८९ लाख र कृषि विकास बैंक ३७ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छन्।



