सेयर बजारमा सुधार
काठमाडौं, २६ भदौ । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा सुधार देखिएको छ ।
सुचिकृत कम्पनीहरुको सेयर कारोबार मापक सूचक नेप्से परिसूचक आज ६.७७ अंकले बढेर १२१७.६५ विन्दुमा उक्लिएको छ ।
आज सेन्सेटिभ परिसूचक पनि १.८५ अंकले बढेको छ । बजारमा आज कुल १६७ कम्पनीहरुको १० लाख ९७ हजार ९ सय ११ कित्ता सेयर किनबेच हुँदा ३३ करोड ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
परिसूचकसँगै फाइनान्स(०.२६) र निर्जिवन बीमा कम्पनी(६५.२८) बाहेक अन्य सूचकहरुमा वृद्धि देखिएको छ ।