Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआइसी एसिया बैंकको दुई नयाँ चमत्कारी कर्जा योजना

एनआइसी एसिया बैंकको दुई नयाँ चमत्कारी कर्जा योजना

काठमाडौं, २७ भद्रौ । एनआईसी एशिया बैंक लिमिटेडले “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा” योजना सार्वजनिक गरेको छ । यस कर्जा योजना ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै ल्याइएको बैंकले बताएको छ ।

“एनआईसी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावहरुले समेत चमत्कारिक लाभ उढाउन सक्ने छन् । यसमा अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि हुने छ भने अति न्यून मासिक किस्ता रकम (सवारीको मुल्य अनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने ) छ ।

त्यस्तै चमत्कारिक घर जग्गा कर्जा योजनाको अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि रहेको छ । मासिक ब्याजदर ०.९% मात्र रहेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x