Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

दुई मनी चेन्जरको इजाजतपत्र खारेज

दुई मनी चेन्जरको इजाजतपत्र खारेज

काठमाडौं, २३ असोज ।  नेपाल राष्ट्र बैंककाे विदेशी विनिमय व्यवस्थापन विभागले दुई मनी चेन्जर कम्पनीहरूको इजाजतपत्र रद्द गरेको छ । युनियन करेन्सी एक्सचेन्ज प्रालि र के.टी.एम. ओम मनी एक्सचेन्ज प्रालिको इजाजतपत्र रद्द गरिएको हो ।

राष्ट्र बैंकका अनुसार युनियन करेन्सी एक्सचेन्ज काठमाडौं महानगरपालिका २६ मित्रनगरमा रहेको  छ भने के.टी.एम. ओम मनी एक्सचेन्ज काठमाडौं महानगरपालिका २६ ठमेलमा रहेको छ ।

यी कम्पनीहरूले नवीकरण नगरेका कारण इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन सहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगर्ने मनी चेन्जरहरूको इजाजतपत्र रद्द गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *