Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

विपिन जोशीको अवस्था अझै अज्ञात, हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा परेनन्

विपिन जोशीको अवस्था अझै अज्ञात, हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा परेनन्

काठमाडौं, २४ असोज। दुई वर्षदेखि प्यालेस्टिनी अतिवादी समूह हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात बनेको छ ।

इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक गर्दा जोशीको नाम नै समेटिएको छैन । सोमबारभित्र छाड्ने भनिएका ती २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु छन् ।

बुधबार राति इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका विपिन जोशीको एउटा भिडियो प्राप्त गरेको भन्दै सार्वजनिक गरेको थियो । यद्यपी उक्त भिडिओ दुई वर्ष पुरानो हो। उक्त भिडिओ विपिन बन्धक भएर गाजा पु¥याइएकै वर्षको नोभेम्बरमा खिचिएको थियो। झन्डै ३० सेकेन्डको उक्त भिडिओमा विपिनले आफ्नो परिचय मात्रै दिएका छन्।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएपछि उनको अवस्था हालसम्म थाहा हुन सकेको छैन ।

हाल नामावली सार्वजनिक गरिएका जीवित रहेका बन्धकहरूमा २१ वर्षीय मतन अंग्रेस्त,२७ वर्षीय जिव बरम्यान, २७ वर्षीय गाली बरम्यान, ३४ वर्षीय एलकाना बोहबोट, २१ वर्षीय रोम ब्राजलव्स्की,२० वर्षीय निमरोड कोहेन,२७ वर्षीय गुए गिल्बोओ दलाल, ३६ वर्षीय माक्सिम हरकिन, ३८ वर्षीय एइटन हर्न, २७ वर्षीय सेगेव कालफोन, २३ वर्षीय बार कुपरस्टेन, ४७ वर्षीय ओमरी मिरन, २४ वर्षीय एइटन अब्राहम मोर, २४ वर्षीय योसेफ चेम ओहाना, २३ वर्षीय एलन ओहेल, ३१ वर्षीय एभिनाटन ओर र २५ वर्षीय माटन जंगुकर छन्।

यसमा नेपालका विपिन जोशी र २० वर्षीय तामिर निम्रोडीको स्थिति अज्ञात रहेको भनेर सिएनएनले लेखेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *