Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

जेन जी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

जेन जी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

काठमाडौँ, २४ असोज। हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गते को जेन जी आन्दोलन का क्रममा क्षति पुगेका सम्पत्तिहरूको दाबी भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ । कम्पनीले हालसम्म २८७ वटा दाबीमध्ये २४५ वटा दाबी बापत रु २१ करोड ७४ लाख ४५ हजार ८ सय ३१ (रु. २१,७४,४५,८३१) भुक्तानी गरिसकेको जनाएको छ।

यो भुक्तानी जेन जी आन्दोलनमा भएको क्षतिको अग्रिम तथा अन्तिम दाबी भुक्तानी बापत रहेको कम्पनीले स्पष्ट पारेको छ। कम्पनीका दाबी विभाग प्रमुख रोज राज लुइटेल ले नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानी का लागि कम्पनी प्रतिबद्ध रहेको बताए ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई मध्यनजर गर्दै, बीमित ग्राहकलाई सुविधा र आर्थिक राहत प्रदान गर्न शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो। यस प्रयासले बीमितहरूलाई अप्ठ्यारो परिस्थितिमा आर्थिक राहत र संरक्षणको सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, उच्च प्राथमिकताका साथ भइरहेको दाबी भुक्तानी प्रक्रिया २१ गते मंगलबारबाट पुनः यथावत हुनेछ।

कम्पनीले हिमालयन एभरेस्टमार्फत बीमा गराई क्षतिपूर्तिको दाबी भुक्तानी बाँकी रहेका बीमितहरूलाई पनि अनुरोध गरेको छ। आवश्यक कागजात र प्रक्रिया पुर्‍याएर आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। यसका साथै, कम्पनीले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *