Date

शनि, मंसिर १३, २०८२
Sat, November 29, 2025

विपिन जोशीको निधन इजरायली सेनाले पुष्टि

विपिन जोशीको निधन इजरायली सेनाले पुष्टि

काठमाडाैं, २७ असाेज । इजरायलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी अब जीवित नरहेको इजरायली सेनाका अधिकारीहरूले पुष्टि गरेका छन्। इजरायली सेना आईडीएफका एक अधिकारीले आज बिहान साढे ७ बजे नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिका बसेकी विपिनकी बहिनी, नेपालमा रहेका दाजु किशोर र इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारीसँग भिडियो कन्फरेन्समार्फत विपिनको निधनको औपचारिक जानकारी दिएका छन्।

राजदूत पण्डितले अनलाइनखबरसँग टेलिफोनमा भने, “आईडीएफका अधिकारीले हामीलाई विपिन ‘इज नो मोर’ भने।”

अमेरिकाको पहलमा इजरायल र हमासबीच भएको युद्धविरामको क्रममा आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीको रिहाइ कार्यक्रम भए पनि, आज छाडिने २० जनाको सूचीमा विपिनको नाम समावेश छैन।

विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा अध्ययनका लागि इजरायल पुगेका थिए। सोही दिन हमासले किबुत्ज क्षेत्रमा आक्रमण गर्दा उनी बन्धक बनेका थिए। आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए। हमास लडाकुहरूले विपिनलाई आफ्नो नियन्त्रणमा लगेका थिए।

सन् २०२३ नोभेम्बर १७ मा गाजा क्षेत्रको अल शिफा अस्पतालमा विपिन देखिएका थिए, तर त्यसपछि उनको अवस्था अज्ञात थियो। गत बुधबार उनको एक पुरानो भिडियो सार्वजनिक गरिएको थियो।

सरकारको पहलमा विपिनकी आमा र बहिनी इजरायल पुगेर फर्किसकेका छन् र अहिले उनीहरू अमेरिका बस्दैछन्। सरकारको कूटनीतिक प्रयास जारी रहँदै आएको भए पनि विपिनको उद्धारमा कुनै प्रगति हुन सकेको थिएन।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *