Date

बुध, अशोज २९, २०८२
Wed, October 15, 2025

“वीरगञ्जमा फ्युचरिस्टिक इभी उत्सव : दिपलका रोबोटदेखि लक्जरी कारसम्म”

“वीरगञ्जमा फ्युचरिस्टिक इभी उत्सव : दिपलका रोबोटदेखि लक्जरी कारसम्म”

काठमाडाैं, २८ असाेज । अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रिक भेइकल (इभी) ब्रान्ड दिपल को नयाँ स्टेट अफ आर्ट सोरुम वीरगञ्जमा शुभारम्भ हुने भएको छ । सो अवसरमा एमएडब्लु वृद्धिले आगामी ३० असोजदेखि चारदिने “टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प” आयोजना गर्ने घोषणा गरेको छ ।

कार्यक्रममा सहभागी ग्राहकले दिपल र अवतारका लक्जरियस इभीको अनुभव लिनुका साथै आफ्ना पुराना सवारी साधन सट्टापट्टा गर्न सक्नेछन् ।

मुख्य आकर्षण — “दिपल S05”

कार्यक्रमको प्रमुख आकर्षण हुनेछ आईएफ डिजाइन अवार्ड विजेता दिपल S05, जुन यस वर्षको नाडा अटो शो मा “शो स्टपर” को रूपमा प्रस्तुत गरिएको थियो ।

रिमोट “इन एन्ड आउट पार्किङ”, क्विन को–पाइलट सि, र ५ हजारभन्दा बढी चार्ज साइकल क्षमता भएको गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिका कारण, नेपालमा सार्वजनिक भएको दुई महिनामै S05 देशकै “हिट इभी” बनेको कम्पनीले जनाएको छ ।

अन्य मोडेलहरूको प्रदर्शनी

यो विशेष “Experience & Exchange Event” मा दिपलका अन्य प्रिमियम मोडेलहरू —

  • S07 iCS,

  • E07,

  • L07,

  • र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयूभी अवतार 11 — पनि प्रदर्शनमा रहनेछन् ।

रोबोटसँग अन्तरक्रिया : मधेश प्रदेशमा पहिलोपटक

ग्राहकले यस कार्यक्रममार्फत फ्युचरिस्टिक दिपल इभी मात्र होइन, मानवाकृत रोबोट र कुकुर रोबोटसँग पनि अन्तरक्रिया गर्न सक्नेछन् । यो अनुभव मधेश प्रदेशमा पहिलोपटक हुन लागेको कम्पनीले जनाएको छ ।

विशेष अफर र बोनस

आइतबारसम्म चल्ने यो चारदिने कार्यक्रममा सहभागी ग्राहकले पाउनेछन् —

  • उत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस,

  • नगद छुट,

  • निशुल्क रोड ट्याक्स र इन्स्योरेन्स,

  • फ्री वाल चार्जर र ट्राभल चार्जर,

  • साथै निशुल्क एसेसोरिज पनि ।

एमएडब्लु वृद्धिका अनुसार यो इभेन्ट वीरगञ्ज, जनकपुर, हेटौँडा र आसपासका ग्राहकका लागि “फ्युचरिस्टिक र टेक्नोलोजिकली एड्भान्स्ड” इभीमा अपग्रेड हुने उत्कृष्ट अवसर हुनेछ ।

कम्पनीका प्रतिनिधिहरूले भने, “दिपलले नेपाली बजारमा नयाँ प्रविधि, शैली र विश्वस्तरको लक्जरी अनुभव ल्याएको छ । वीरगञ्जको यो शो–रुमले मधेश प्रदेशमा इभी प्रविधिको नयाँ अध्याय सुरु गर्नेछ ।”

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *