Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

सर्वोच्चको आदेशपछि पनि सरकारको अडान: ११ देशका राजदूतहरूलाई स्वदेश फर्कन निर्देशन

सर्वोच्चको आदेशपछि पनि सरकारको अडान: ११ देशका राजदूतहरूलाई स्वदेश फर्कन निर्देशन

काठमाडाैं, १८ कार्तिक । सर्वोच्च अदालतले कार्यान्वयन नगर्न भनेको निर्णयपछि पनि सरकारले ११ देशका लागि कार्यरत नेपाली राजदूतहरूलाई स्वदेश फर्कन निर्देशन दिएको छ।

आइतबार सर्वोच्च अदालतले मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले गरेको राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। तर, त्यसको भोलिपल्टै सोमबार परराष्ट्र मन्त्रालयले ती राजदूतहरूलाई नेपाल फर्की मन्त्रालयमा हाजिर हुन पत्राचार गरेको हो।

परराष्ट्र मन्त्रालयका सहसचिव सुरेन्द्रकुमार यादवको हस्ताक्षर रहेको पत्र अनुसार, राजदूतहरूलाई यही मंसिर २० गते बिहीबारभित्र काठमाडौं फर्की मन्त्रालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ। अर्को व्यवस्था नभएसम्म परराष्ट्र मन्त्रालयमै हाजिर रहन भनिएको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि कार्यरत नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाइएको हो।

सर्वोच्चको आदेशपछि पनि पत्र पठाउने सरकारी कदमलाई कानुनी र राजनीतिक दुबै कोणबाट विवादास्पद मानिएको छ। धेरैले यसलाई कार्यपालिका र न्यायपालिकाबीचको अधिकारको सीमारेखा मेट्ने प्रयासको रूपमा व्याख्या गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *