Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उद्योगमन्त्रीले उद्योग बन्द गराएकोप्रति अर्थमन्त्रीले भने, ‘कानूनसम्मत ढंगले चल्नुपर्छ’

उद्योगमन्त्रीले उद्योग बन्द गराएकोप्रति अर्थमन्त्रीले भने, ‘कानूनसम्मत ढंगले चल्नुपर्छ’

काठमाडौं, २ असोज । उद्योगमन्त्री मातृकाप्रसाद यादवले जथाभावी उद्योग शिलबन्दी गर्ने तथा लगानीकर्तालाई आतंकित गर्ने काम गरिरहेको सम्बन्धमा अर्थमन्त्री डा. युवराज खतिवडाले मुख खोलेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले वीरगन्ज र विराटनगरका दुई उद्योगलाई कमसल उत्पादन भन्दै उद्योग शिलबन्दी गरिदिएका छन् । त्यसमध्ये वीरगन्जस्थित निम्बसको तेल उद्योग भने खुला भैसकेको छ । उद्योगमन्त्रीले कमसल उत्पादन भन्दै बिना कुनै प्रयोगशाला परिक्षण प्रतिवेदन शीलबन्दी गर्ने र प्रक्रिया बिना नै खुला गरिदिने गर्दै आएका छन् ।
जसका कारण लगानीकर्ता आतंकित बनेका छन् । यससम्बन्धमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार र निजी क्षेत्र दुवै कानूनसम्मत ढंगले चल्नुपर्ने बताएका हुन् । लगानीकर्ताको मनोबल गिराउन नहुने उनको भनाइ थियो । उत्पादकले पनि गुणस्तरीय उत्पादनमा कुनै सम्झौता गर्न नहुने अर्थमन्त्रीको भनाई थियो । अर्थमन्त्री खतिवडाले निजी क्षेत्रका लगानी अभिवृद्धिका लागि सरकारले केही अत्यावश्यक ऐन संशोधनको तयारी गरिरहेको बताए । औद्योगिक व्यवसाय ऐन संशोधन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, एन्टिडम्पिङ कानून ल्याउने तयारी गरिरहेको बताए । ‘यी ऐन आएपछि निजी क्षेत्रले माग गरेका कालाबजारी ऐन लगायतलाई खारेज गर्न पनि सकिन्छ,’ अर्थमन्त्रीले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x