बिर्तामोडमा एमएडब्लु वृिद्धको ‘ईभी एक्सचेञ्ज फेस्ट’ सुरु, चार दिनसम्म टेस्ट ड्राइभको अवसर
काठमाडाैं, २५ कार्तिक । बिर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृिद्धले आगामी शनिबारदेखि चार दिनसम्म चल्ने विशेष “टेस्ट ड्राइभ र एक्सचेञ्ज क्याम्प” आयोजना गर्ने भएको छ।
कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र भविष्यमुखी इलेक्ट्रिक सवारी साधन (EVs) को प्रत्यक्ष अनुभव गर्न पाउनेछन्। यी सबै ब्रान्डहरू हाल नेपालमा लोकप्रिय र प्रविधिमैत्री ईभी ब्रान्डका रूपमा स्थापित भइरहेका छन्।
कम्पनीका अनुसार कार्यक्रममा सहभागीहरूले नवीनतम डिजाइन, अत्याधुनिक प्रविधि र नवप्रवर्तनयुक्त इभिहरूको टेस्ट ड्राइभ गर्न सक्नेछन्। साथै, कार्यक्रममा रोबोटहरूसँग अन्तक्र्रिया गर्ने विशेष अनुभव पनि रहनेछ, जसले आगन्तुकहरूलाई मनोरञ्जनसहित भविष्यको गतिशीलताको अनुभूति गराउनेछ।
यस विशेष क्याम्पमा हालै सम्पन्न नाडा अटो शोमा सबैको ध्यान आकर्षण गरेका ‘दिपाल S05’ र ‘नामी Vigo’ जस्ता चर्चित मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ। यी गाडीहरू स्लिम डिजाइन, आधुनिक फिचर र दिगो गतिशीलताको संयोजनका कारण छोटो समयमा नै नेपाली बजारमा उच्च लोकप्रियता कमाइरहेका छन्।
कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ। त्यसअन्तर्गत—
- पुराना गाडी साट्ने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस,
- नयाँ खरिदमा विशेष नगद छुट,
- हरेक खरिदमा निःशुल्क एसेसरी,
- र टेस्ट ड्राइभमा सहभागी आगन्तुकका लागि विशेष उपहार रहनेछन्।
कम्पनीका अनुसार यो कार्यक्रम इलेक्ट्रिक सवारीमा रूपान्तरण सोचिरहेका ग्राहक र नयाँ प्रविधि अनुभव गर्न चाहनेहरूका लागि उत्कृष्ट अवसर बन्नेछ।
बिर्तामोडस्थित नयाँ दिपाल र नामी सोरुममा आयोजना हुने यो चारदिने कार्यक्रमले स्थानीय बजारमा ईभी प्रवर्द्धनमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।



