मंसिरमा बैंक ब्याजदर फेरिए: १२ बैंकले घटाए, ७ ले यथावत
काठमाडाैं, ३० कार्तिक । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित विवरणअनुसार, २० वाणिज्य बैंकमध्ये १२ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन्।
ब्याजदर घटाउने बैंकहरू
मंसिरमा ब्याजदर घटाउने बैंकहरूमा
-
एनआईसी एशिया बैंक
-
सिद्धार्थ बैंक
-
हिमालयन बैंक
-
स्ट्याण्डर्ड चार्टर्ड बैंक
-
प्राइम कमर्सियल बैंक
-
सिटिजन्स बैंक
-
नबिल बैंक
-
नेपाल एसबिआई बैंक
-
सानिमा बैंक
-
कुमारी बैंक
समेत परेका छन्।
ब्याजदर यथावत राख्ने बैंकहरू
कात्तिककै दर कायम राख्ने बैंकहरूमा
-
एनएमबि बैंक
-
नेपाल बैंक
-
एभरेस्ट बैंक
-
ग्लोबल आइएमई बैंक
-
प्रभु बैंक
-
राष्ट्रिय वाणिज्य बैंक
-
माछापुच्छ्रे बैंक
-
लक्ष्मी सनराइज बैंक
रहेका छन्।
कुन बैंक कति ब्याज?
कात्तिक र मंसिर दुवै महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६% नै रहे पनि औसत ब्याजदरमा परिवर्तन आएको छ।
-
कात्तिकमा औसत ब्याजदर: ५.२%
-
मंसिरमा औसत ब्याजदर: ५.०४%
मंसिरमा सबैभन्दा धेरै ब्याज
-
ग्लोबल आइएमइ बैंक: ६%
सबैभन्दा कम ब्याजदर
-
स्ट्याण्डर्ड चार्टर्ड बैंक: ४.७%
मंसिरमा धेरै बैंकहरूले ब्याजदर घटाएको देखिँदा आगामी महिनाहरूमा निक्षेपदरमा अझ स्थिरता आउने विश्लेषकहरूको अनुमान छ।



