Date

सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

लक्ष्मी सनराइजको १०.५३% लाभांश प्रस्ताव, सेयरधनी झन् आशावादी

लक्ष्मी सनराइजको १०.५३% लाभांश प्रस्ताव, सेयरधनी झन् आशावादी

काठमाडाैं, १ मंसिर । लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई साढे १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार, बैंकले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिनेछ। बोनस तथा नगद मिलाएर कुल १०.५३ प्रतिशत लाभांश सेयरधनीले प्राप्त गर्नेछन्।

बैंकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ। लाभांश अनुमोदन भएसँगै सेयरधनीहरूलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ।

बैंकका अनुसार, विगत वर्षको वित्तीय अवस्थामा देखिएको सुधारले लाभांश वितरण सम्भव भएको हो। सेयरधनीहरू अहिले प्रस्तावित लाभांश छिटो कार्यान्वयन हुने अपेक्षामा छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *