Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पेट्रोलियम पदार्थको बिक्री वितरणमा कोटा प्रणाली, छिट्टै आपूर्ति सहज हुने निगमको विश्वास

पेट्रोलियम पदार्थको बिक्री वितरणमा कोटा प्रणाली, छिट्टै आपूर्ति सहज हुने निगमको विश्वास

काठमाडौं, ०५ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा कोटा प्रणाली लागु गरेको छ ।

असोज १ गतेदेखि सुरु भएको चालकको हड्तालका कारण पेट्रोलियम आपूर्ति असहज भएपछि निगमले पेट्रोलियम पदार्थ बिक्री वितरणमा कोटा प्रणाली लागु गरेको हो । निगमले वाइक र स्कुटरलाई ५ लिटर, कार तथा भ्यानलाई १५ लिटर, डिजलबाट संचालन हुने छोटो दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा १ सय लिटर तेल दिने बताएको छ ।

तत्कालीन समयका लागि मात्र यो निगम लागु गरिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । यस सम्बन्धमा निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनलाई आज नै पत्र पठाइ सकेको छ । चालकहरुले मुलुक ऐनको केहि प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका छन् ।

चालकहरुको आन्दोलन भइरहेपनि निगमको पहलमा आजबाट केहि पेट्रोलियम ट्यांकहरु काठमाडौं आउन सुरु गरेकोले चाँडै नै पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने प्रवक्ता गोइतले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x