Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

युनियन लाईफको एकवर्ष, ८२ हजार बीमा लेख जारी, ८६ करोड बीमा शूल्क आर्जन

युनियन लाईफको एकवर्ष, ८२ हजार बीमा लेख जारी, ८६ करोड बीमा शूल्क आर्जन

काठमाडौं, ५ असोज । युनियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा व्यवसाय सुरु गरेको एक वर्ष पुरा भएको छ । कम्पनीले आज विभिन्न कार्यक्रमको आयोजना गरि प्रथम बार्षिकोत्सव मनाएको हो ।

सेवा सुरु गरेको प्रथम वर्षमा कम्पनीले ८६ करोड ५० लाख रुपैयाँ बीमा शूल्क संकलन गरेको छ । ८२ हजार भन्दा बढी बीमा लेख जारी गरिसकेको छ भने १० करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै चालु आर्थिक वर्षको दुई महिनामा करिब २२ करोड बीमा शूल्क संकलन गरेको कम्पनीले जनाएको छ।

हाल कम्पनीले ७५ वटा शाखा तथा उपशाखा मार्फत बीमा सेवा दिदै आएकोमा चालु आर्थिक वर्षमा एक सय पुर्याउने लक्ष्य राखेको छ । साथै बजारको माग अनुसार नयाँ–नयाँ बीमा योजना सार्वजनीक गर्ने लक्ष्य कम्पनीको रहेको छ ।

१ अर्व १५ करोड रुपैयाँ जारी पूँजी रहेको यस युनियन लाईफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३७ करोड ३० लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x