Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एक हप्ता नपुग्दै व्यवसायीले लत्याए सहमति : दशैका लागि अग्रिम टिकट बुकिङ अन्यौलमा

एक हप्ता नपुग्दै व्यवसायीले लत्याए सहमति : दशैका लागि अग्रिम टिकट बुकिङ अन्यौलमा

काठमाडौं, ५ असोज । सरकार र यातायात व्यवसायी बीच आज देखि दशैका लागि अग्रिम टिकट बुकिङ्ग खुल्ला गर्ने सहमति भएपनि व्यवसायीहरुले टिकट बुकिङ्ग खुलाएनन । भद्रौ ३१ गते सहमति गरेका व्यवसायीहरुले इन्धनको मुल्यवृद्धिको अत्तो थापेर अग्रिम टिकट खुला नगरेका हुन ।

इन्धनको मुल्य वृद्धि सरकारले फिर्ता नलिए सम्म टिकट बुकिङ्ग नखुल्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । “सरकारले १ महिना नवित्दै २ पटक इन्धनको मुल्य बढाएको छ जब सम्म मुल्य वृद्धि फिर्ता हुदैन अग्रिम टिकट बुकिङ्ग खुल्दैन, सिटौलाले अर्थको अर्थसँग भने– हामीले सरकारलाई टिकट बुकिङ्ग खुलाउदैनौं भनेर विज्ञाप्ती बुझाइसकेका छौं ।”

विगतका बर्षहरुमा व्यवसायीहरुले एक महिना अगावै दशैका लागि अग्रिम टिकट बुकिङ खुलाउने गर्दथे भने दशैलाई लक्ष्यित गरि गाडीको संख्या पनि थप गर्ने गदर्थे । तर यसपटक बैंक तथा वित्तिय संस्थाहरुले सार्वजानीक गाडीमा लगानी गर्ने नमानेको कारण नयाँ गाडी ल्याउन पनि नसकिएको सिटौलाले जानकारी दिए । यसकारण पनि यो पटक उपत्यका बाहिर जाने गाडीहरु अपुनै हुने देखिन्छ । ट्राफिक प्रहरीका अनुसार दशैका लागि मात्र काठमाडौं उपत्यकाबाट २० लाख यात्रु बाहिरिने गर्छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x