ऊर्जा मन्त्री घिसिङ आज संसद् समितिमा
काठमाडाैं, ८ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङलाई राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज छलफलका लागि बोलाएको छ। समितिले मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विषयहरूबारे अद्यावधिक जानकारी लिन मन्त्री घिसिङलाई उपस्थित हुन अनुरोध गरेको हो।
समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ। बैठकमा मन्त्री घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता लगायत ऊर्जा क्षेत्रसँग सम्बन्धित बहुआयामिक विषयमा विस्तृत छलफल हुने सचिवालयले जनाएको छ।
कुन–कुन विषयमा छलफल ?
समितिले आजकाे बैठकमा मन्त्री घिसिङसँग निम्न मुद्दाहरूमा जानकारी लिने तयारी गरेको छः
-
भारतसँगको विद्युत व्यापार सम्झौता (पावर ट्रेड एग्रिमेन्ट)
-
खर्च कटौती सम्बन्धी हालैका निर्णयले पारेको प्रभाव
-
नयाँ संसद भवन निर्माणको प्रगति विवरण
-
सुनकोसी–मरिन डाइभर्सन आयोजना
-
मन्त्रालयअन्तर्गतका अन्य चालु परियोजनाहरू
समितिले यी विषयहरूमा प्रष्ट विवरण प्राप्त गरी आवश्यक नीति तथा सुझाव तय गर्ने तयारी गरेको जनाएको छ।



