श्री इन्भेष्टमेन्टमा नयाँ संचालक: कल्याण अधिकारीको प्रवेश
काठमाडाैं, ८ मंसिर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरूको तर्फबाट कल्याण अधिकारीलाई नयाँ संचालकमा नियुक्त गरेको छ। कम्पनीका अनुसार मंसिर ७ गते आइतबार बसेको संचालक समितिको बैठकले अधिकारीलाई औपचारिक रूपमा संचालक पदमा चयन गरेको हो।
अधिकारीको नियुक्तिसँगै कम्पनीको व्यवस्थापन संरचनामा नयाँ नेतृत्वको प्रवेश भएको छ, जसले आगामी रणनीतिक निर्णय तथा सञ्चालनमा थप ऊर्जा आउने अपेक्षा गरिएको छ। कम्पनीले अधिकारीले वित्तीय क्षेत्रमा आइसकेको अनुभव संस्थालाई फाइदाजनक हुने विश्वास व्यक्त गरेको छ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल सञ्चालनमा रहेका कार्यक्रम, विस्तार योजना र सेवाको गुणस्तर अभिवृद्धिमा नयाँ संचालकको भूमिकाले थप प्रभावकारी योगदान पुर्याउने बताइएको छ।



