Date

बुध, मंसिर १०, २०८२
Wed, November 26, 2025

विराटनगर र चितवन भिडन्त: लगातार जितको खोजीमा विराटनगर

विराटनगर र चितवन भिडन्त: लगातार जितको खोजीमा विराटनगर

काठमाडाैं, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोस् भिड्ने भएका छन्। काठमाडौँको टीयू क्रिकेट ग्राउण्डमा साँझ ४ बजे सुरु हुने खेलमा विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् भने चितवनको कप्तानी कुशल मल्लले गर्नेछन्।

विराटनगरले अहिलेसम्म तीन खेल खेल्दै लगातार ६ अंक सङ्कलन गरेको छ। पहिलो खेलमा पोखरा याक्सलाई ५३ रनले हराएको विराटनगरले दोस्रो खेलमा काठमाडौंलाई ५ विकेटले पराजित गर्‍यो र तेस्रो खेलमा जनकपुरलाई ९ रनले पराजित गर्दै आफ्नो अविजित यात्रा जारी राखेको छ।

चितवनले अहिलेसम्म दुई खेल खेलेको छ र केवल २ अंक प्राप्त गरेको छ। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवनले दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले हार भोग्नुपर्‍यो।

विराटनगरले लगातार जितको मनोबलसहित र चितवन आफ्नो प्रदर्शन सुधार्ने लक्ष्यसहित मैदानमा उत्रने भएकाले यो भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *