भी- स्ट्राेम एसएक्समा दुई नयाँ रङ, यात्रामा नयाँ चमक’
काठमाडाैं, ११ मंसिर । सुजुकी मोटरसाइकल नेपालले आफ्नो लोकप्रिय एडभेन्चर मोटरसाइकल भी- स्ट्राेम एसएक्सका दुई नयाँ कलर भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ रंग विकल्पहरू— पर्ल फ्रेश ब्लु + ग्लास स्पार्कल ब्ल्याक र पर्ल ग्लेसियर ह्वाइट + मेटालिक म्याट स्टेलर ब्लु—ले मोटरसाइकलमा अझ आकर्षक र प्रिमियम लुक थपिएको कम्पनीले जनाएको छ।
नेपालमा उपलब्ध सबैभन्दा किफायती २५० सीसी जापानी एडभेन्चर मोटरसाइकलका रूपमा पहिचान बनाएको भी- स्ट्राेम एसएक्सले मिश्रित सवारी परिस्थितिमा ४० केएमपीएलसम्म माइलेज दिने क्षमता राख्छ, जसले यात्रु र दैनिक प्रयोगकर्तालाई आर्थिक रूपमा समेत लाभ पुर्याउने अपेक्षा गरिएको छ।
बहुपयोगी डिजाइनमा तयार गरिएको यो मोटरसाइकलले हल्का अफ–रोड, ग्रेवल, असमान भूपरिधि सहजै पार गर्न सक्छ। अन्य शुद्ध अफ–रोड बाइकमाजस्तै सानो सीट र अत्यधिक लम्बाइको सस्पेन्सनका कारण हाईवेमा हुने असहजता यसमा देखिँदैन, जसले गर्दा सहरी सडकदेखि राजमार्गसम्म सन्तुलित तथा आरामदायी सवारी अनुभव प्रदान गर्छ।
लामो यात्राका लागि स्थिरता, पावर र आराम सबै एकै ठाउँमा चाहने नेपाली बाइकरका लागि भी–स्ट्राेम एसएक्स सहरीदेखि ग्रामीण सडकसम्म उपयुक्त विकल्प भएकाले यसलाई ‘एडभेन्चर–कम–कमेफर्ट’ सेग्मेन्टको आदर्श मोडेल मानिएको छ।



