आज एनपीएलका दुई खेल हुँदै
काठमाडौं, १२ मंसिर ।नेपाल प्रिमियर लिग (एनपीएल) का आज (शुक्रबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजको सामना गर्नेछ भने दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ ।
चितवन राइनोज ४ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ । तीन खेल खेलिसकेको चितवनले दुई खेलमा जित हासिल गरेको थियो । एक खेलमा पराजित भएको थियो । त्यस्तै, ४ खेलमा ४ अंक बटुलेर तेस्रो स्थानमा रहेको काठमान्डु गोर्खाजले हालसम्म दुई खेलमा जितेको छ । दुई खेल हारेको छ । यी दुई टोलीबीच आज मध्यान्ह ११ः४५ मा खेल सुरु हुनेछ।
त्यस्तै, अंकतालिकाको सातौँ स्थानमा रहेको कर्णाली याक्सले आज साँझ ४ बजे हुने खेलमा दोस्रो स्थानमा रहेको विराटनगर किंग्सको सामना गर्नेछ। तीन खेल खेलेको कर्णालीको २ अंक छ । ४ खेलमध्ये ३ खेलमा जित हासिल गरेको विराटनगर किंग्सको ६ अंक छ।



