बैंक वित्तीय संस्थामा निक्षेप ७५ खर्ब १९ अर्ब पुग्यो, लगानी ५६ खर्ब ४३ अर्ब
काठमाडौं, १२ मंसिर । बैंक तथा वित्तीय संस्थाहरूमा कुल ७५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप संकलन ७५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्ष ०८२/८३ को असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा कुल ७४ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
पछिल्लो डेढ महिनामा निक्षेप २२ अर्बले बढेको हो । वाणिज्य बैंकहरूमा मात्र कुल ६७ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । बाँकी विकास बैंक तथा वित्त कम्पनीहरूमा रहेको निक्षेप हो ।
कुल निक्षेपमध्ये आइतबारसम्म ५६ खर्ब ४३ अर्ब रुपैयाँ लगानी प्रवाह भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्म कुल निक्षेपमध्ये कृषि क्षेत्रमा ४ खर्ब १३ अर्ब २८ करोड रुपैयाँ लगानी रहेको नेछ । चालु वर्षको पहिलो तीन महिनामा कृषि क्षेत्रतर्फको कर्जा प्रवाह गत असार मसान्तसम्मको तुलनामा ४ अर्ब ६० करोड रुपैयाँले घटेको छ । गत वर्षसम्म कृषि क्षेत्रमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ लगानी भएको थियो ।



