Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि, आजदेखि अग्रिम बुकिङ खुल्ला

सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि, आजदेखि अग्रिम बुकिङ खुल्ला

काठमाडौं, ७ असोज । आइतबारदेखि सार्वजनिक यातायातको भाडा बढेको छ। सरकारले आइतबारदेखि देशभर लागू हनेगरी सबै क्षेत्रमा हालको भाडाको १० प्रतिशत बढाउने निर्णय गरेको हो।

असोज ५ गतेदेखि अग्रिम बुकिङ खोल्ने निर्णय गरेका यातायात व्यवसायीहरुले कि भाडा बढाउनुपर्ने कि इन्धनको मूल्य घटाउनुपर्ने अडान राख्दै अग्रिम बुकिङ रोकेर सरकारमाथि दबाब सिर्जना गरेका थिए । सरकार र यातायात व्यावसायीबीच वार्ताको आधारमा १० प्रतिशत भाडा बढाउन सरकारले सहमति दिएको हो ।
सरकारले तत्काललाई १० प्रतिशत भाडा बढाउने र मंसिरसम्म भाडादर समायोजन गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए।

इन्धनको मूल्य बढेकोले तत्काल अहिलेको भाडामा १० प्रतिशत बढाउने र भाडा समायोजन गर्नको लागि ३ सदस्यीय समिति बनाउने निर्णय गरिएको छ। उक्त समितिले २ महिनाभित्र प्रतिवेदन दिएपछि सोही आधारमा भाडा समायोजन हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा व्यवसायी र सरकारबीच भएको छलफलमा व्यावसायीले भाडा वृद्धि या इन्धनको मूल्यमा हेरफेर नभए बुकिङ खुलाउन नसकिने अडान लिएपछि सरकारले इन्धनको मूल्यवृद्धिलाई दृष्टिगत गर्दै भाडा बढाउन स्वीकृति दिएको हो

लामो समयदेखि भाडादर एउटै भएको तर इन्धनको मूल्य दिन प्रतिदिन बढ्दै गएकोले घाटा खाएर गाडी आफूहरु नगुडाउने अडानमा कायमै रहेको यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारले भाडा बढाएकाले आइतबारदेखि दशैंका लागि अग्रिम बुकिङ खोलीले उनले जानकारी दिए।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले यसअघि रोक्का राखिएक यातायात व्यवसायी समितिहरुको बैंक खाता फुकुवा गर्न गृह मन्त्रालयमा पत्राचार गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x