Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बेलायतसँग दोहोरो करमुक्ति सम्झौताका लागि वार्ताटोली गठन

बेलायतसँग दोहोरो करमुक्ति सम्झौताका लागि वार्ताटोली गठन

काठमाडौं, ७ असोज । सकारले बेलायत सरकारसँग दोहोरो कर मुक्ती र कल छली नियन्त्रण सम्बन्धि सम्झौता गर्न बार्ता टोली बनाएको छ। मन्त्रिपरिषद् बैठकले आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णु नेपालको नेतृत्वमा वार्ता टोली गठन गरेको हो।
यो सम्झौता भएपछि व्यवसाय या व्यक्तिले (आयकर) दुई तिर तिर्नुपर्दैन । यसरी कर तिर्दा कारोबार वा बासिन्दा भएको एकमात्र देशमा तिरे पुग्छ र यो सम्झौताले बेलायतबाट लगानी भित्र्याउन सहयोगी हुने अधिकारीहरु बताउँछन्। लगानी र कारोबारको अधार एउटा देशमा तिर्नुपर्ने र व्यावसायको उत्पति र नागरिकताका आधारमा आफ्नै देशमा पनि तिर्नुपर्दा व्यवसायीहरु दोहोरो करको मारमा छन् ।
यस्तो सम्झौता भएपछि करदाताले एउटामात्र देशमा कर तिरेपुग्छ।

नेपालले सबैभन्दा पहिले नर्बेसँग सन् १९९६ मा सम्झौता गरेको थियो। नेपालले हालसम्म थाइल्यान्ड, श्रीलंका, मौरिसस, अस्ट्रिया, पाकिस्तान, चीन, कतार, दक्षिण कोरिया, भारतसँग दोहोरो करमुक्तिको सम्झौता भैसकेको छ । बंगलादेशसँग सम्झौताका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ ।
बेलायतसँगै अन्य देशहरुसँग पनि दोहोरो कर उन्मुक्ती र कर छली नियन्त्रणका बारेमा सम्झौता गर्न यसअघि देखि नै छलफल भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x